• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट- सुदूरपश्चिमको लगातार चौथो जित

    2.1K
    SHARES



    काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार चौथो जित हात पारेको छ ।

    आज बुधबार सुदूरपश्चिमले मधेश प्रदेशलाई ५ विकेटले हरायो । मधेशको भने चौथो हार हो ।

    मूलपानी मैदानमा मधेशले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले खेल सकिन १ बल बाँकी छँदा ५ विकेट गुमाउँदै भेट्टायो ।

    सुदुरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २६ रन बनाइन् । उनले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । सम्झना खड्काले २१ बलमा ३ चौकासहित २१ रन बनाइन् ।

    रुबी पोदार १० र लक्ष्मी साउद ९ रनमा अविजित रहे । अन्तिम २ बलमा एक रन चाहिएको अवस्थामा साउदले चौका हान्दै टिमलाई जिताइन् ।

    मधेशका लागि साक्षी यादव र कविता गौतमले समान २/२ विकेट लिए । पूजा महतोले १ विकेट लिइन् । टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनाएको थियो ।

    उसका लागि पूजा महतोले सर्वाधिक २७ रन बनाइन् । उनले ३१ बलमा ४ चौका प्रहार गरिन् । साना प्रविनले १९ र रोजी कडारीले १० रन बनाइन् । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    सुदूरपश्चिमका लागि लक्ष्मी साउदले सर्वाधिक ४ विकेट लिइन् । जानकी थापा र कविता जोशीले समान १/१ विकेट लिइन् ।

    सुदूरपश्चिम यसअघि एपीएफसँग ९ विकेटले पराजित भएको थियो । यो उसको हालसम्मको एक मात्र हार हो । त्यसपछि सुदूरपश्चिममले लुम्बिनीलाई ९ विकेट, कर्णालीलाई ८१ रन र बागमतीलाई ६ विकेटले पराजित गरेको थियो ।

    मधेश बागमतीसँग २८ रन, एपीएफसँग १० विकेट र कोशीसँग ६० रनले पराजित भएको थियो । उसले गण्डकीलाई भने २७ रनले हराएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया