• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    अफगानी महिलालाई गैरसरकारी संस्थामा काम गर्न दिन राष्ट्रसङ्घको आग्रह

    2.5K
    SHARES



    काठमाडौँ। अफगानिस्तानमा गैर-सरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन तालिबानलाई संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ ।

    देशकै अर्थतन्त्रका लागि काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन महत्त्वपूर्ण रहेको र अफगान समाजको कल्याण र प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेको भन्दै काम गर्ने कुरामा बन्देज नलगाउन राष्ट्रसङ्घले आग्रह गरेको हो ।

    तालिबानले गैरसरकारी संस्थामा महिलालाई काम गर्न प्रतिबन्ध लगाएको एक वर्ष पुगेको सन्दर्भमा मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक रिचर्ड बेनेटले यस्तो टिप्पणी गरेका हुन् ।

    सन् २०२२ डिसेम्बर २४ मा तालिबानको अर्थ मन्त्रालयले घरेलु र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई अर्को सूचना जारी नभएसम्म महिला कामदारहरूको रोजगारी निलम्बन गर्न आदेश दिएको थियो । तालिबानको निर्णयकाे स्वदेशी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आलोचना गर्दै आएका छन् ।

    मानवीय सहायतामा भर परेको देश अफगानिस्तानको अर्थतन्त्र अहिले महिलालाई काम गर्न प्रतिबन्ध लगाएका कारण झनै खस्कँदै गएको राष्ट्रसङ्घको भनाइ छ ।

    यस्तै, गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २०,६७४ पुगेको छ । हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबरको सुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको छ ।

    अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट सुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५ सय ३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ