• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    प्रधानमन्त्री कप महिला टी-२०: सुदूरपश्चिमको तेस्रो जित, बागमती पराजित

    0.9K
    SHARES



    काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा सोमबार सुदूरपश्चिम बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

    सुदूरपश्चिमलाई तेस्रो जित दिलाउने क्रममा कविता जोशीले अलराउण्ड प्रदर्शन गरिन् । उनी ब्याटिङमा २७ रनमा अविजित रहिन् भने बलिङतर्फ २ विकेट लिइन् ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमतीले दिएको ८८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । सुदूरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक २८ रन बनाइकी थिइन् ।

    बागमतीका लागि अस्मिना कर्मचार्य र सोनी पाख्रिनले समान १/१ विकेट लिए । बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाउँदा ओपनर कञ्चन श्रेष्ठले सर्वाधिक १९ रन बनाइन् । अर्की ओपनर हेलिशा गुरुङले १६, सोनी पाख्रिनले १३ र सलिना सिलवालले १० रन बनाइन् ।

    सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउदले समान २/२ विकेट लिइन् । मनिषा चौधरी र जानकी जोशीले १/१ विकेट लिए । जारी प्रधानमन्त्री कपमा बागमतीको दोस्रो हार हो । बागमती यसअघि कोशी प्रदेशसँग ८ विकेटले पराजित भएको थियो ।

    उसले पहिलो खेलमा मधेशलाई २८ रनले र त्यसपछि गण्डकीलाई ४ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा एपीएफसँग ९ विकेटले हारेको सुदूरपश्चिमले दोस्रो खेलमा लुम्बिनीलाई ९ विकेटले र तेस्रो खेलमा कर्णालीलाई ८१ रनले पराजित गरेको थियो ।

    सुदूरपश्चिमले अर्को खेल मधेश प्रदेशसँग खेल्नेछ भने बागमतीले लुम्बिनी प्रदेशसँग खेल्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ