• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    १० जना फरार प्रतिवादी पक्राउ

    1.1K
    SHARES



    रौतहट । एकैदिन १० जना फरार प्रतिवादी पक्राउ परेका छन् । रौतहट प्रहरीले एकैदिन १० जना फरार प्रतिवादी पक्राउ गरेको हो ।

    अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका १० जना प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

    पक्राउ पर्नेमा रामप्रवेश चौधरी कलवार, लालो देवी, भगत चौधरी, शिव चौधरी, रामपती देवी, रामविचारी चौधरी, कपिलदेव चौधरी, भगवनीया देवी चौधरी र इनरवतिदेवी चौधरी रहेको प्रहरी निरीक्षक उमाशंकर गुप्ताले बताए ।

    उनीहरुलाई आवश्यक कारबाहीको लागि रौतहट जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    यस्तै, आरती साहको मृत्य प्रकरणमा उनका श्रीमान मोतीबाबुलाई प्रहरीले पक्राउ गरेको छ । मोतीबाबुलाई जनकपुरबाट पक्राउ गरिएको धनुषाका एसपी मित्रबन्धु शर्माले बताए ।

    मृतक आरती साहका पतिलाई पक्राउ गरेर पुनः थुनामा पठाउन सर्वोच्च अदालतले आदेश गरेको थियो । मंसिर २० मा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठले सो आदेश गरेका हुन् । सर्वोच्चको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको एसपी शर्माले जानकारी दिए ।

    २०८० जेठ ७ मा जनकपुर उप-महानगरपालिका वडा नम्बर-९ स्थित थापा चोकमा रहेको घरमा आरती मृत फेला परेकी थिइन् ।

    आरतिको हत्या भएको पीडित परिवारको आरोप छ । पीडितको जाहेरीका आधारमा प्रहरीले त्यतिवेला मोतीबाबु र ससुरा मदनमोहन सुडीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ