• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रवि लामिछानेलाई खोया हान्ने युवकलाई १० दिन हिरासतमा राखिने

    3.1K
    SHARES



    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने युवकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।

    कास्की प्रहरीले लमजुङका सन्तोष रानाभाटलाई अभद्र व्यवहार मुद्दामा अदालतबाट १० दिन म्याद थपेर अनुसन्धान थालेको बताएको छ । तर लामिछानेले रानाभाटलाई कारबाही नगर्न भनेका थिए ।

    डीएसपी श्रवणकुमार विकले लामिछानेसँगै ड्युटीमा रहेका प्रहरीमाथि समेत दुर्व्यवहार गरेका कारण हिरासतमा राखेर अनुसन्धान गर्न लागिएको बताएका छन् । ‘ड्युटीमा भएका प्रहरीलाई दुर्व्यवहार गरेको भन्ने छ । घटनाबारे अनुसन्धान गर्नुपर्ने भएकोले हिरासतमा राखिएको हो,’ उनले भने ।

    शनिवार अमरसिंह चौरमा भएको सभामा बोलिरहेका लामिछानेतिर ताकेर उनले मकैको खोया प्रहार गरेका थिए । उक्त खोया फालेपछि लामिछानेले सबै खालका प्रहार सहन आफू तयार रहेको प्रतिक्रिया दिएका थिए । रानाभाट सामान्य परिवारको भएको बताइएको छ ।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारबाट चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा आयोजना गर्ने भएको छ । आइतबार सो पार्टीका सभापति रवि लामिछानेले सोमबारदेखि ३ दिनसम्म दबाब यात्रा आयोजना गर्ने जानकारी दिएका हुन् ।

    ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान सोमबार बिहान ९ बजे गैँडाकोट पुल्चोकबाट सुरु हुने भनिएको छ ।

    ११३ किलोमिटर दूरी पार गर्ने गरी सुरु भएको सो दबाब अभियानको उद्देश्य पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ- बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विल

    त्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु रहेको सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    सो यात्रामा रास्वपाका नेता र सांसदहरू समेत सहभागी हुने जनाइएको छ । यात्राका क्रममा सडकको दायाँबायाँ बस्ती छिरेर वा निश्चित ठाउँमा भेला भएर स्थानीयवासीसँग अन्तरक्रिया गर्ने चाहाना हुँदाहुँदै पनि यो पटक समय छुट्याउन असमर्थ भएको सभापति लामिछानेले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ