• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    ४ करोड डलर भ्रष्टाचार गरेको आरोपमा रक्षा मन्त्रालयका शीर्ष अधिकारी पक्राउ

    2.3K
    SHARES



    काठमाडौँ । चार करोड डलर (५ अर्ब नेपाली रुपैयाँभन्दा बढी) रकम भ्रष्टाचार गरेको आरोपमा युक्रेनको रक्षा मन्त्रालयका शीर्ष अधिकारी पक्राउ परेका छन् । युक्रेनियन सेक्युरिटी सर्भिस (एसबीयू) का अनुसार गोलाबारुद खरिद प्रक्रियामा भ्रष्टाचार भएको हो ।

    एसबीयूका अनुसार ती अधिकारीले आर्टिलरी शेल खरिद गर्न एक विशेष निर्यात कम्पनीसँग सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    त्यसपछि गोलाबारुद्ध उत्पादन गर्ने कम्पनीसँग अर्को सम्झौता गरिएको थियो जसमा कुनै बिचौलिया सामेल थिएन । एसबीयूका अनुसार यसले आर्टिलरी शेलको डेलिभरीको समय घटेको र लागत पनि घटेको थियो ।

    एसबीयूका अनुसार ती अधिकारीले गरेको पहिलो महँगो सम्झौताबाट ४ करोड डलर एउटा विदेशी बिचौलिया कम्पनीको नाममा ट्रान्सफर गरिएको थियो । एसबीयूले यसमा गैरकानुनी गतिविधि भएको प्रमाण फेला परेको जानकारी दिएको छ ।

    यदि आरोप पुष्टि भएमा ती अधिकारीलाई १५ वर्षसम्म जेल सजाय हुने भनिएको छ । युक्रेनको रक्षा मन्त्रालयले उक्त रकम फिर्ता ल्याउन पहल गरिरहेको जानकारी दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ