• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

नेपाल सुपर लिग- वीरगञ्जले काठमाण्डाैलाई ४-१ गाेलले हरायाे

2.5K
SHARES



काठमाण्डाै । नेपाल सुपर लिग (एनएसएल) मा वीरगञ्ज युनाइटेड एफसीले काठमाण्डाै रेजर्स एफसीलाई हराएकाे छ ।

आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा वीरगञ्जले काठमाण्डाैलाई ४-१ गाेलले हरायाे । पहिलो हाफ १-१ को बराबरीमा सकिएकोमा दोस्रो हाफमा वीरगञ्जले ३ गोल गर्‍याे ।

खेलमा काठमाण्डाैले शुरुवाती अग्रता लिए पनि जाेगाउन सकेन । वीरगञ्जकाे जितमा विलियम ओपाेकुले ह्याट्रिक गरे । याेसँगै ओपाेकु एनएसएलकाे दाेस्राे संस्करणमा ह्याट्रिक गर्ने पहिलाे खेलाडी बनेका छन् । उनले खेलकाे ४५, ५५ र ५७ औँ मिनेटमा गाेल गरे । काठमाण्डाैका जुनिएर ओन्गुइनले १ गाेल गरे ।

याे जितसँगै वीरगञ्जले ७ खेलमा ८ अङ्क जाेड्दै तालिकाकाे छैटाैँ स्थानमा उक्लिएकाे छ । वीरगञ्जले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेकाे छ । ७ खेलमा ९ अङ्कसहित पाँचाैँ स्थानमा रहेकाे काठमाण्डाैकाे पनि प्लेअफ सम्भावना कायमै रहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ