• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार पुग्यो

    2K
    SHARES



    काठमाडौँ। गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार पुगेको छ ।

    अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । यसैबिच वेस्ट बैङ्कमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ३०१ र घाइतेको सङ्ख्या ३ हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ ।

    गाजामा पछिल्लो२४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् । अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमण पछि गाजा पट्टीमा हमास विरुद्ध युद्धसुरु गरेको थियो ।

    जसमा इजरायली अधिकारीहरूकाअनुसार लगभग १ हजार २ सय इजरायलीहरूको ज्यान गएको छ । मृत्यु हुनेमा ८ हजार भन्दा बढी बालबालिका र ६ हजार २ सय बढी महिलाहरू रहेका छन् ।

    यस्तै, भारतको तमिलनाडुमा भारी वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको छ ।

    ग्रामीण क्षेत्र र सडकमा पानी जमेका कारण १२ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

    यस महिनाको सुरुमा तमिलनाडु र आन्ध्र प्रदेशले शक्तिशाली चक्रवाती आँधीको सामना गर्नुपरेको थियो । त्यसलगत्तै तमिलनाडुमा लगातार पानी परिरहेको छ । लगातारको वर्षा आँधीको परिणाम भएको मौसमविदहरुले बताएका छन् ।

    सामाजिक सञ्जालमा आइरहेका तस्वीर र भिडियोमा तमिलनाडुको ठूलो क्षेत्र जलमग्न भएको र त्यहाँ फसेका मानिसहरूलाई बचाउन उद्धार टोलीले डुङ्गाको प्रयोग गरिरहेको देख्न सकिन्छ ।

    यो वर्ष तमिलनाडुमा सामान्यभन्दा २० गुणा बढी वर्षा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ