• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    एनएसएल- आज काठमाडौं र वीरगञ्ज भिड्दै

    1.2K
    SHARES



    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज साविक विजेता काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

    खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । साविक विजेता काठमाडौंका लागि शीर्ष चारमा पुग्न यो खेल महत्वपूर्ण छ ।

    काठमाडौं ६ खेलबाट ९ अंकसहित पाँचौ स्थानमा रहेको छ । आज वीरगञ्जलाई हराएमा काठमाडौंले दोस्रो स्थानको धनगढी एफसीसँग अंक बराबरी गर्नेछन् ।

    पोखरा थण्डर्स ७ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ र प्लेअफमा स्थान पक्का गरिसकेको छ । यस्तै ललितपुर सिटी एफसी र झापा एफसीको समान १० अंक छ । गोलअन्तरमा ललितपुर अगडी छ ।

    प्लेअफका बाँकी तीन स्थानका लागि मुख्य गरी धनगढी, ललितपुर, झापा र काठमाडौं ४ टिम होडमा छन् । त्यसैले अब हुने हरेक खेल महत्वपूर्ण हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ