• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    विपक्षी दलका सांसदहरूलाई धमाधम निलम्बन गरेपछि…

    2.1K
    SHARES



    काठमाडौँ। भारतमा विपक्षी दलका सांसदहरूलाई धमाधम निलम्बन गरेपछि तरंग उत्पन्न भएको छ ।

    हिउँदे अधिवेशन चलिरहँदा मंगलबार लोकसभाका विपक्षी दलका थप ४९ सांसदलाई निलम्बन गरेको भारतीय सञ्चारमाध्यम द स्क्रोलले जनाएको छ ।

    संसदको सुरक्षा उल्लंघन गरेको विषयमा छलफल गर्न माग गरेपछि सभामुखले उनीहरूलाई निलम्बन गरेका हुन् ।

    भारतीय कांग्रेस आइका नेता शशी थरूर, समाजवादी पार्टीकी नेता दिम्बल यादव, राष्ट्रवादी कांग्रेस पार्टीकी सुप्रिया सुले र नेशनल कन्फ्रनेसका नेता फारूक अब्दुल्लाह लगायत निलम्बनमा परेका छन् ।

    निलम्बित सांसद अब्दुल्लाहले पत्रकारहरूसँग कुराकानी गर्दै संसदमा प्रतिपक्षी रहेसम्म प्रश्न गर्न नछोड्‍ने बताए । संसदको सुरक्षा उल्लंघन भएको विषयमा गृहमन्त्री अमित शाह आएर पाँच मिनेट जवाफ दिँदा केही फरक नपर्ने उनको भनाइ थियो ।

    ‘मलाई भन्नुस् प्रहरी कोसँग छ ? गृह मन्त्रालय अन्तर्गत पर्छ? गृहमन्त्री पाँच मिनेट मात्रै सदनमा आएर सुरक्षा उल्लंघन भएको विषयमा जाँच भइरहेको छ भन्दा के हुन्छ ?,’ उनले भने, ‘जबसम्म सदनमा विपक्षी नेताहरू रहन्छन् हाम्रो माग जारी रहन्छ ।’

    योसँगै एक सातामा निलम्बनमा पर्ने सांसदको संख्या एक सय ४१ पुगेको छ । गत डिसेम्बर १४ यता ९६ जना लोक सभा सांसद र ४६ राज्य सभा सांसद निलम्बनमा परेका छन् ।

    यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ । गत डिसेम्बर १३ मा दुई जना युवाले भिजिटर्स ग्यालरीबाट लोक सभा प्रवेश गरी संघीय सरकारविरूद्ध नाराबाजी गर्दै रङ फ्याँकेपछि सुरक्षा उल्लंघनको विषय उठाउँदै संसद पटक-पटक स्थगन भएपछि सांसदहरूलाई निलम्बन गरिएको थियो । प्रतिपक्षले गृहमन्त्री शाहले यसबारे संसदमा जवाफ दिनुपर्ने माग राख्दै आएका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लंघनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन् । निलम्बित विपक्षी सांसदहरूले निलम्बन फुकुवा गर्न र संघीय गृहमन्त्री अमित शाहले गत साता संसद सुरक्षा उल्लंघनको घटनालाई लिएर वक्तव्य जारी गर्नुपर्ने पनि माग गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ