• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    गल्तीले तीन बन्धक मारिए- इजरायली सेना

    1.9K
    SHARES



    काठमाडौँ। इजरायली सेनाले गाजामा जारी आफ्नो सैन्य कारबाहीमा गल्तीले ३ जना बन्धक मारिएको जानकारी गराएको छ । मारिनेमा २८ वर्षीय योताम हाइम, २२ वर्षीय समिर तलाल्का र २६ वर्षीय अलोन सामरिज रहेका छन् ।

    उत्तरी गाजाको सेजाइयामा गरिएको सैन्य कारबाहीका दौरान उनीहरू मारिएको सेनाको भनाई छ । गत ७ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणपछि गाजामा अझै १ सयभन्दा बढी बन्धक रहेका छन् । सो दिनको हमलामा २ सय ४० जनाभन्दा बढीलाई बन्धक बनाइएको भए पनि दुई पक्षबिच केही समयका लागि गरिएको अस्थायी युद्धविरामका दौरान केही बन्धकहरूलाई छाडिएको थियो ।

    इजरायली रक्षा बल (आईडीएफ) ले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान भइरहेको जनाएको छ । यस घटनामा मारिएका परिवारप्रति आईडीएफले समवेदना प्रकट गरेको छ । ‘हाम्रो मिसन भनेको बन्धकहरूको स्थान पहिचान गर्नु र उनीहरूलाई घर फिर्ता ल्याउनु हो,’ सेनाले भनेको छ । मारिएका तीन जनाको शव इजरायल फिर्ता ल्याइएको छ ।

    गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको कारबाहीमा हालसम्म १८ हजार ८ सय जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी घाइते भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया