• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    पीएसजी र पोर्टो च्याम्पियन्स लिगको नकआउट चरणमा

    1.4K
    SHARES



    काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र पोर्चुगिज क्लब पोर्टो युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।

    समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा बोरुसिया डर्टमण्डसँग १-१ को बराबरी खेले पनि पीएसजी समूहको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डर्टमण्ड यसअघि नै समूह विजेताको रुपमा अन्तिम १६ मा पुगिसकेको छ ।

    डर्टमण्डको घरेलु मैदानमा करिम एडेयमीले ५१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर ५६औं मिनेटमा पीएसजीका लागि १७ वर्षीय वारेन जेइरे एमेरीले बराबरी गोल फर्काए ।

    यसै समूहको अर्को खेलमा एसी मिलानले न्युकासल युनाइटेडलाई पराजित गर्दै समान ८ अंक जोडेपनि मिलान गोल अन्तरमा पछि पर्‍यो । मिलान र न्युकासल समूह चरणबाटै बाहिरिए । ५ अंक जोडेर न्युकासल चौथो स्थानमा रह्यो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया