• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    एलपीएल क्रिकेट- एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी

    1.4K
    SHARES



    काठमाडौँ । कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न दुई खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी भएका छन् ।

    समूह ’डी’ अन्तर्गतको खेलमा एक्सिलेन्स सेन्टरले जेएस स्पोर्टस-११ सुपर स्टार्सलाई र समूह ’बी’ अन्तर्गतको खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई हराएका हुन् ।

    पहिलो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टरले जेएस स्पोर्टस-११ सुपर स्टार्सलाई तीन विकेटले पराजित गर्यो । जेएस स्पोर्टस-११ ले दिएको एक सय ३२ रनको लक्ष्य क्रिकेट एक्सिलेन्स सेन्टरले ७ विकेट गुमाएर १८.५ ओभरमा पुरा गर्यो ।

    यस्तै, मलेसियाको पेनाङमा जारी ३४औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा ५१ किलो तौल समूहमा नेपालका प्रबल उप्रेतीले सिंगापुरका डेनी चाओ इजेईजीलाई ५-० ले पराजित गर्दै कास्य पदक हासिल गरेका छन् ।

    त्यसैगरी ५४ किलो तौल समूहमा नेपालका सिंहबीर लिम्बुले इन्डोनेसियाका मोहम्मद देनिस विन अब्दुल अजिजलाई आरएससीको आधारमा पराजित गर्दैै कास्य पदक पक्का गरेका छन् ।

    पुरुष ५७ किलो तौल समूहमा नेपालका छिरिङ वाङ्दी शेर्पाले पनि इन्डोनेसियाका प्रतिद्वन्दि फकीह आन्दरा नासुसोनलाई ५-० अंकले पराजित गरेर कम्तिमा काश्य पदक पक्का गरे । वाङ्दी केहि समय अघि दुबईमा सम्पन्न एएसबीसी जुनियर बक्सिङ प्रतियोगितामा पनि काश्य पदक जित्न सफलर रहेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया