• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

अफगानिस्तानले नेपाललाई दियो २ सय ६२ रनको लक्ष्य

3.2K
SHARES



काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले नेपाललाई जितका लागि २ सय ६२ रनको लक्ष्य दिएको छ ।

यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा नौ विकेट गुमाएर २ सय ६१ रन बनाएको हो ।

अफगानिस्तानका लागि तेस्रो नम्बरका ब्याट्सम्यान जमसिद जदरानले सतकीय पाली खेले । उनी घाइते भएर मैदानबाट बाहिरिएका थिए । उनले १ सय ५३ बलको सामना गरी आठ चौका प्रहार गरेका थिए । अफगानिस्तानले नवौँ विकेटका रुपमा भने फरिदुन दाउदजाईलाई शून्य रनमा गुमाएको थियो । उनलाई गुल्सन झाले बोल्ड गरेका थिए ।

विकेटकिपर ब्याट्सम्यान नुमन शाह अघाले पनि टोलीको खातामा ६० रन थपेका थिए । रहिमुल्लाह जुरमातीले पनि ३५ रनको योगदान गरे । नेपाली टोलीका बलर गुल्सन झा, हेमन्त धामी र सुवास भण्डारीले दुई-दुई विकेट लिए । आकाश चन्द र दीपेश कँडेलले पनि एक-एक विकेट हात पारे । अफगानिस्तानले अतिरिक्त रुपमा पनि १६ रन पाएको थियो ।

अफगानिस्तानको पहिलो विकेट गुल्सन झाले लिएका थिए । उनले अफगानिस्तानका ओपनर ब्याट्सम्यान वफिउल्लाह तराखिललाई १५ रनमा आउट गराएका हुन् । गुल्सनले उनलाई कप्तान देब खनालमार्फत क्याच गराएका थिए । तराखिल आउट हुँदा अफगानिस्तानले १.५ ओभरमा १७ रन बनाएको थियो ।

अफगानिस्तानको दोस्रो विकेट हेमन्त धामीले लिएका थिए । उनले पाकिस्तानका खालिद तनिवाललाई गुल्सन झाद्वारा क्याच गराएका थिए । ओपनर ब्याट्सम्यान खालिद १० बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी आउट हुँदा अफगानिस्तानले ६.२ ओभरमा ३३ रन बनाएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ