• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिभुवन विमानस्थलबाट बरामद सुन २४ क्यारेटकै भएको पुष्टि

    1.6K
    SHARES



    काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बरामद सुन २४ क्यारेटको रहेको पुष्टि भएको छ । भन्सार कार्यालयले बिहीबार राति त्रिभुवन विमानस्थलबाट बरामद गरेको १४ किलो सुन २४ क्यारेटकै भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो ।

    भन्सार कार्यालयले उक्त सुनसहित बिहीबार राति एक जनालाई विमानस्थलबाट र अर्का एक जनालाई धुमबराहीबाट पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ सुन अर्थात् २४ क्यारेटको रहेको पुष्टि भएको छ ।

    बिहीबार राति करिव १२ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट उक्त सुन बरामद गरिएको थियो । घलेले प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया