• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पोर्चुगलका लागि सिफारिस राजदूत सनिलको सुनुवाई

    1.1K
    SHARES



    काठमाडौँ । सरकारले पोर्चुगलका लागि आवासीय राजदूतमा सिफारिस गरेका सनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ ।

    शुक्रबार सिंहदरवारमा संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा नेपालले शैक्षिक योग्यताबकारे सदस्यहरुको जिज्ञासामा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी र समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेको बताएका छन् ।

    आफूले पब्लिक डिप्लोमेसीमा अब्बल भएर काम गरेको पनि नेपालको दाबी छ । उनले आफू राजदूतमा नियुक्त भएपछि नेपालको संविधान र कानुनको परिधिभित्र रहेर उत्कृष्ट काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

    उनले पोर्चुगलमा पहिलोपटक राजदूतावास स्थापना हुन लागेकोले त्यहाँ रहेका नेपालीलाई सहज हुनेगरी सेवा प्रवाह गर्ने, नेपाल र पोर्चुगल सरकारबिच सम्बन्ध सुदृढ गर्न काम गर्ने, दुईपक्षीय भ्रमण आदानप्रदान र सहयोग आदान प्रदानका लागि पहल गर्ने बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया