• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

पाकिस्तानविरूद्ध नेपालले गुमायो छैटौं विकेट

3.5K
SHARES



काठमाडौँ। एसिसी यू-१९ एसिया कपमा अहिले नेपाल र पाकिस्तानबीच खेल भइरहेको छ ।

युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ ।

नेपालका दिपेश कडेँल ३१ रन बनाएर आउट भए । उनले छैटौं विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरे । कडेँलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरे । उनी आउट हुँदा नेपालले ३३.४ ओभरमा ६ विकेटको क्षतिमा १ सय १४ रन जोडेको थियो ।

त्यसअघि खराब ब्याटिङ गरेको नेपालका ओपनर अर्जुन कुमाल २१ रन जोडेर चौथो विकेटको रुपमा आउट भए । उनले ३७ बलमा ३ चौका प्रहार गरे ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ