• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, कतिको भयो कारोबार ?

    1.7K
    SHARES



    काठमाडौँ । शेयर बजार लगातार दाेस्राे दिन पनि बढेकाे छ ।

    हिजाे बुधवार ३ अङ्कले बढेकाे शेयर बजार परिसूचक नेप्से आज ११.७३ अङ्कले बढेर १ हजार ८ सय ५२.७३ विन्दुमा पुगेकाे छ ।

    आज व्यापारबाहेक सबै समूहकाे शेयर बढेकाे छ । आज बीमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, विकास बैंक र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ ।

    आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत् कम्पनीकाे शेयर १० प्रतिशत तथा समाज लघुवित्त र सीवाईसी नेपाल लघुवित्तकाे शेयर झन्डै १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन आज ग्लाेबल आईएमई लघुवित्तकाे शेयर भने साढे ७ प्रतिशतभन्दा धेरैले घटेकाे छ ।

    आज ९५ लाख कित्ता शेयर २ अर्ब ७९ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीकाे ८६ कराेड ८३ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया