• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

इलामलाई हराउँदै शीर्ष स्थानमा उक्लियो पोखरा

2.8K
SHARES



काठमाडौं । नेपाल सुपर लिगमा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई हराएको छ र शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार भएको खेलमा पोखराले इलामलाई १-० गोल अन्तरले हराएको हो । उसका लागि दोस्रो हाफको सुरुमै सञ्जीव विष्टले गरेको गोल नै निर्णायक बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा इलामले केही राम्रो अवसर सिर्जना गरेको थियो, तर गोल गर्न सकेन ।

छैटौं मिनेटमा नै इब्राहिमको क्रसमा ओमारले सिक्स यार्ड बक्सबाट हानेको हेडर क्रसबार माथिबाट बाहिरिएको थियो । १३औं मिनेटमा इब्राहिमले अर्को अवसर गुमाए ।

खेलको ३०औं मिनेटमा इलामका फोडे कमाराको प्रहार पोखराका गोलकिपर प्रिसोलाई लाग्दै सेण्टर बार नजिकबाट बाहिरिएको थियो ।

दोस्रो हाफमा भने पोखरा हाबी भयो यस्तै खेल सुरु भएको दोस्रो मिनेटमा नै मोसेसको प्रहार इलामका गोलकिपर विकेश कुथु विट भइसकेको अवस्थामा फस्र्ट बारमा लागेर फर्किएको थियो । अर्को मिनेटमा पोखराले गोल नै गर्‍यो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ