• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमसिसी विरुद्ध जनप्रतिरोध संघर्ष अगाडी बढाउछौं- धर्मेन्द्र बास्तोला

    2.3K
    SHARES



    घोराही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसिसी सम्झौता विरुद्ध जनप्रतिरोध संघर्ष अगाडी बढाउने बताएका छन् ।

    पार्टीको ५ नम्बर प्रदेश समितीद्धारा सोमबार दाङ्गको घोराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अथितीको रुपमा बोल्दैं नेता बास्तोलाले एमसिसी सम्झौता राष्ट्रहित विपरित भएको भन्दैं यसमा विरुद्ध आफ्नो पार्टीले जनप्रतिरोध संघर्ष अगाडी बढाउने बताएका हुन् ।

    दाङ्गको घोराहीमा गरिएको एमसिसी सम्झौंता खारेजी बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दैं प्रवक्ता बास्तोलाले राष्ट्रघाती एमसिसी सम्झौता कुनैपनि हालतमा लागू हुन नदिने बताए । साथै उनले पार्टीले दोस्रो चरणको जनप्रतिरोध संघर्ष अगाडी बढाउने समेत घोषणा गरेका छ्न ।

    उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।

    कार्यक्रममा सहभागी सबै वक्ताहरूले एमसिसी खारेजीको पक्षमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले गरिरहेको संघर्षमा एक्यवद्धता समेत जाहेर गरेका छ्न ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया