• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    एनएसएलमा आज- झापा र पोखरा तथा धनगढी र ललितपुर भिड्दै

    1.6K
    SHARES



    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा मा आज दुई खेल हुँदैछ । यस सिजन शनिवारको दिन २-२ खेल अर्थात ‘डबल हेडर’ हुन्छ ।

    पहिलो खेल झापा एफसी र पोखरा थण्डर्सबीच हुने भएको छ । पोखराको लागि यो तेस्रो र भने झापाकको लागि दोस्रो खेल हुनेछ ।

    दुई खेलमा अपराजित रहेको पोखराले दुवै खेलमा क्लिनसिट राखेको थियो । पहिलो खेलमा एफसी चितवनलाई १-० ले पराजित गरेको पोखराले दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

    त्यही अपराजित यात्रालाई कायम राख्ने योजनामा पोखरा छ । पोखराका मुख्य प्रशिक्षक नविन न्यौपानेले यसअघि नै टोलीको पहिलो लक्ष्य सेमिफाइनल अर्थात क्वालिफायर पुग्नु रहेको बताइसकेका छन् ।

    पोखराको मार्कीमा आयुष घलान र कप्तानमा दिनेश राजवंशी छन् । यी दुवैले एक/एक पटक प्लेअर अफ दि म्याचको अवार्ड समेत जितिसकेका छन् ।

    उता पहिलो पटक एनएसएल खेलिरहेको झापाको मार्की तथा कप्तानमा राष्ट्रिय टिमका सर्वाधिक गोलकर्तामध्ये एक अन्जन विष्ट छन् ।

    स्पानिस मुख्य प्रशिक्षक रहेको झापा सिजनको पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीसँग १-० ले पराजित भएको थियो । झापा एनएसएलमा पहिलो अंक र जितको लक्ष्यमा हुनेछ । पोखरा र झापाबीचको खेल दिउँसो १ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ