• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सुनचाँदीको भाउ अहिलेसम्मकै महँगो, तोलामा कति पुग्यो ?

    4.9K
    SHARES



    काठमाण्डाै। सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ ।

    यो अहिलेसम्मकै उच्च हो । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

    सुनको भाउ हिजो भन्दा आज तोलामा ५ सयले महँगो भएकाे हो । हिजो तोलामा सुन १ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए । उनका अनुसार सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

    यस्तै, चाँदी पनि आज भाउ बढेर तोलाको १ हजार ५ सय पुगेको छ । यो अहिलेसम्मकै महँगो हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ