• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    आइशरद्वारा सर्भिस क्याम्पको घोषणा

    807
    SHARES



    काठमाडौं । आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारीक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडद्वारा १६ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने ४ दिने सर्भिस क्याम्पको आजबाट सुरुवात गरिएको छ ।

    यी केन्द्रहरूमध्ये दुईवटा काठमाडौं उपत्यकाको जगाती र सतुंगलबाट ग्राहकहरूले सेवा पाउन सक्नेछन् भने उपत्यकाबाहिर बिर्तामोड, इटहरी, जनकपुर, वीरगन्ज, हेटौंडा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढीमध्ये आफूलाई पायक पर्ने स्थानबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् ।

    त्यसैगरी डिलर मार्फत् पोखरा, बुटवल, नारायणगढ, नौबिसे, त्रिशुलीबाट पनि ग्राहकहरूले सेवा लिन सक्नेछन् । चारदिने क्याम्पमा आइशरका ५०० भन्दा बढी व्यवसायिक गाडीहरूको अत्यन्तप्रभावकारी ढंगले जाँच एवम् मर्मत सम्भार गरिने कम्पनीले जनाएको छ । जाँच गराउन आउँदा सवारी धनीहरूले स्पेयर्स पार्ट्समा १०% छुट, लुब्रिकेंट्समा १५%, विशेष मर्मतमा २५% सम्मको छुट प्राप्त गर्नेछन् ।

    यसैगरी नियमित मर्मत सम्भार, ड्राइभर ट्रेनिंग, ब्याट्री तथा वायरिंग चेक-अप निशुल्क रुपमा पाउनुका साथै अन्य थुप्रै सुविधाहरु पनि प्राप्त गर्नेछन् । “बदलिँदो मौसमसँगै गाडीमा आइपर्ने विभिन्न समस्याहरूको समाधान गरी ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदान गर्ने मुख्य उद्देश्यसहित आइशरले कमर्सिअल भेहिकल सर्भिस क्याम्पको आयोजना गरेको हो ।

    भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नवीन प्रविधिका उत्पादनहरू उत्पादनगर्दै आएका कारण नेपालसहित विश्व बजारमा आइशर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको छ ।” आइशर कमर्सियल भेहिकलका सर्भिस-जनरल म्यानेजर शरद कुमार मिश्रले भने ।

    १६६०१११५५५, ९८०१५७५१११ मा सम्पक गरी सर्भिस क्याम्पको बारेमा थप जानकारी तथा प्रि-बुकिङ गर्न सकिने जानकारी दिइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ