• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपालमा फेरी भुकम्प- कहाँ हो केन्द्र बिन्दु ?

    13.6K
    SHARES



    काठमाडौँ। मकवानपुर केन्द्रबिन्दु भएर भुकम्प गएको छ ।

    आज बिहान १:१९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    भुकम्पको धक्का मकवानपुर, धादिङ र काठमाडौंमा महशुस गरिएको केन्द्रले जनाएको छ । मध्यरातमा भूकम्प जाँदा मकवानपुरमा मानिसहरू घरबाहिर निस्किएका थिए । थाहा नगरपालिकाका मेयर विष्णु बहादुर विष्टले भौतिक क्षति भएको खबर नआएको बताए ।

    ‘भूकम्प आएपछि मध्यरातमा मानिसहरू घरबाहिर निस्किएका थिए, भौतिक क्षति भएको खबर अहिलेसम्म आएको छैन । हामी बुझ्दैछौं,’ उनले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया