• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized समाचार

    माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ३० दिनसम्म ५ जनाभन्दा बढी भेलाहुन नपाइने

    2.3K
    SHARES

    काठमाडौँ । माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आजदेखि लागु हुनेगरी ३० दिनका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको बताएका छन् ।

    मंसिर ७ को प्रदर्शनलाई मध्यनजर गर्दै उक्त क्षेत्रलाई निषेधित घोषणा गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ अनुसार सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । सो क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन जुलुस र प्रदर्शन गर्न रोक लागेको छ ।

    मंसिर ७ मा नेकपा एमाले निकट युवा विद्यार्थी र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रदर्शन गर्ने र झडपको सम्भावना भएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।

    स्थानीय प्रशासनका अनुसार निषेधित क्षेत्रमा पद्यमोदयमोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतिर वा बबरमहल, बिजुलीबजार र नयाँ बानेश्वरचोकसम्मलाई निषेधित क्षेत्र तोकिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ