• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    खाेटाङमा १० दिनकी सुत्केरीकाे ज्यान गयाे

    3.8K
    SHARES



    खोटाङ । खोटाङमा १० दिनकी सुत्केरीको ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याइएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङकी जेनिसा शैंजूको ज्यान गएकाे हो ।

    यही कात्तिक १८ गते छोरीलाई जन्म दिएकी शैंजूको सोमवार राति जिल्ला अस्पतालबाट अन्यत्र लैजाने तयारी गर्दागर्दै ज्यान गएकाे हो ।

    श्वास फेर्न अप्ठ्यारो भएपछि जेनिसालाई सोमवार बिहान जिल्ला अस्पताल लगिएको थियो तर एक्स-रे लगायतका जाँचका क्रममा सामान्य देखिएपछि उनि घर फर्किएकी थिइन् ।

    राति पुनः श्वास फेर्न अप्ठ्यारो भएपछि उहाँलाई अटो रिक्सामा राखेर जिल्ला अस्पताल लगिएको थियो । स्वास्थ्यमा जटिल समस्या देखिएपछि स्वास्थ्यकर्मीले अन्यत्र लैजान सुझाव दिएपछि गाडी खोजेर काठमाण्डाै लैजाने तयारी गर्दागर्दै सुत्केरीको ज्यान गएकाे बाम्राङका वडाध्यक्ष महेन्द्र राईले बताए ।

    जेनिसा खोटाङ अटोलिङ्क प्रालिमा कार्यरत हुनुहुन्थ्याे । जमेको रगत फोक्सोमा पुगेका कारण श्वासप्रश्वासमा समस्या निम्तिएर सुत्केरीको ज्यान गएको जिल्ला अस्पतालका डा. रमेश श्रेष्ठले बताए ।

    उनका अनुसार सुत्केरीको शरीरमा अक्सिजनको मात्रा घटेर न्यून देखिएको थियो । जेनिसाले जिल्ला अस्पतालमै सामान्य अवस्थामा छाेरीलाई जन्म दिएकी थिइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ