डाेटी। सुदुरपश्चिमकाे डाेटी, बझाङ लगायतका जिल्लाहरूमा गएराती भुकम्प गएको छ ।
मध्यराति १२ बजेर २२ मिनेटमा बझाङ जिल्लाकाे भातेखाेला आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडकाे भुकम्प गएकाे भुकम्प मापन केन्द्र सुर्खेतले जनाएकाे छ ।
मध्यराति भुकम्प जाँदा सुदुरपश्चिमका अधिकांश जिल्लाहरूमा त्रास पैदा भएकाे छ । रातीराती भुकम्प जाँदा ज्यान जाेखिम माेलेर सुरक्षित स्थानमा जानू परेकाे प्रभावित क्षेत्रका स्थानीय बताउछन् ।
यस अघि असोज १६ मंगलबार बझाङ जिल्लामा ६.३ म्याग्निच्युडकाे भूकम्प जाँदा ठूलाे जनधनको भाैतिक तथा मानविय क्षति भएकाे थियाे । उक्त समय देखि बझाङ,डाेटी लगायत सुदुरपश्चिमा प्रायः सबै जिल्लाहरूमा बारम्बार भुकम्प गैरहेकाे छ ।
प्रतिक्रिया