• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली

    जब एक युवकले एक्लै प्रशान्त महासागर पार गर्न खोजे…

    14.7K
    SHARES



    काठमाडौँ । प्रशान्त महासागरबाट अधिकारीहरूले १ जना अस्ट्रेलियाली युवकको उद्धार गरेका छन् ।

    आफैँले बनाएको घरेलु डुंगा खियाउँदै १५ महिनाको अवधिमा प्रशान्त महासागर तर्ने सुरमा २४ वर्षका टम रबिनसन नाम गरेका युवा डुंगा यात्रामा निस्किएका थिए । गएको वर्षको जुलाईमा उनी पेरुबाट यात्रामा निस्किएका थिए ।

    यो यात्रा पूरा गरेर उनी प्रशान्त महासागर वारपार गर्ने विश्वकै सबैभन्दा कान्छो व्यक्ति बन्ने सपना बुनिरहेका थिए । यात्रा पूरा हुन केही हप्ता मात्रै बाँकी थियो । गत बिहीबार साँझ डुंगा पल्टिएपछि रबिनसनको सपनामा विराम लाग्यो ।

    क्रुज शिपको सहायाताले अधिकारीहरूले रबिनसनको उद्धार गरेका छन् । अधिकारीहरूका अनुसार डिसेम्बरमा अष्ट्रेलियाको कायन्र्स पुगेपछि उनको यात्रा सम्पन्न हुने थियो ।

    सोमबार भनुआटुको लुगनभेल शहरबाट निस्किएका उनी डुंगा यात्राको अन्तिम यात्रामा थिए । अन्तिम यात्रा शुरु हुनुभन्दा ठिक एक हप्ता अघि उनले एबीसी अष्ट्रेलियासँगको अन्तर्वार्तामा यो यात्रा रेकर्डमा बस्ने वा हात खुट्टै भाँचिने खालको हुने बताएका थिए ।सो अन्जानमा उनले भनेको यो कुरा साँचो साबित भयो ।

    डुंगा पल्टिनुको कारण स्पष्ट नभएको बताइएको छ । डुंगामा आकस्मिक अवस्थामा प्रयोग गरिने रेडियो बिकन एक्टिभेट भएकोले अधिकारीहरूले समुद्रमा दुर्घटनाको भेउ पाए ।

    शुक्रबार बिहान अधिकारीहरूले उनको उद्धार गरे । उद्धारको समयमा उनी निवस्त्र थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया