• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुन तस्करी जाँचबुझ आयोगद्वारा काम सुरु, सार्वजनिक रुपमा सुझाव माग

    1.1K
    SHARES



    काठमाडौं । सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले त्यससम्बन्धी कानून परिमार्जन र संरचनात्मक सुधारका लागि सार्वजनिक रुपमा सुझाव माग गरेको छ ।

    आयोगको बुधबार बसेको बैठकले आयोगको कार्यक्षेत्रसँग सम्बन्धित विषयहरूमा एक महिनाको समयावधि दिएर सार्वजनिक रुपमा सुझाव माग गर्ने निर्णय गरेको हो ।

    बैठकका निर्णयबारे जानकारी दिँदै आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आयोगको पहिलो बैठकले आयोगका कार्यक्षेत्रसँग जोडिएका विषयहरूमा सर्वसाधारण र सम्बन्धित क्षेत्रका विज्ञहरूबाट सुझाव उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरिएको बताए ।

    ‘सुनको अवैध पैठारीका सम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधार के-कसरी गर्न सकिन्छ ? विदेशबाट इलेक्ट्रोनिक सिगरेट र ब्रेकसु मा समेत सुन राखी अवैध पैठारी गरिएको लगायतका पटक(पटक भइरहेको सुन तस्करीजन्य कसुरको प्रकृति तथा यसबाट पर्ने बहुपक्षीय असरहरू के-के छन्? यसबारे हामीले सबैबाट एक महिनाभित्र सुझाव माग गर्ने निर्णय गरेका छौँ,’ आयोगका अध्यक्ष आचार्यले भने ।

    त्यस्तै, आयोगले यसअघि पटकपटक भएका सुन तस्करी सम्बन्धी छानबिन तथा अध्ययन प्रतिवेदनका अन्तरवस्तु निष्कर्ष तथा त्यसको प्रभावका सम्बन्धमा समेत राय पठाउन आग्रह गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ