• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सुदुरपश्चिम

    बझाङ भूकम्प अपडेट- १ को मृत्यु, १३५ घर भत्किए

    1.5K
    SHARES



    बझाङ । बझाङमा भूकम्पबाट १ जनाको ज्यान गएको छ ।

    ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका-११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो ।

    बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । २ जना उपचारपछि घर फर्किएका छन् भने ९ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    घाइते हुनेमा जयपृथ्वी नगरपालिका-११ की ७ वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका-७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका-७ का ३ वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा-३ की १५ वर्षीया आँसु रोकाया, मष्टा-१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका-६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका-३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका-१० की २० वर्षीया रमा परियार रहेका छन् ।

    प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ ।

    केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया