• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सुदुरपश्चिम

    सुदूरपश्चिममा भूकम्पबाट ७ जना घाइते

    2.6K
    SHARES



    काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ७ जना घाइते भएका छन् ।

    बझाङमा ५ जना, बैतडीमा १ जना र अछाममा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रज्वलन महर्जनले बताएका छन् ।

    बझाङमा भूकम्पबाट घाइते भएकाहरू ५ जना बालबालिका हुन् । घाइतेहरूको अवस्था सामान्य रहेको छ भने अछाममा घाइते भएका पनि बिद्यार्थी हुन् उनले अतालिएर स्कुलको माथिल्लो तलाबाट हामफालेर घाइते भएका हुन् ।  मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको हो  ।

    भूकम्पका कारण ठाउँ-ठाउँमा भवनहरु भत्किएका छन्। तलकोट गाउँपालिका-१ को सुनिकोट माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिका-१० को सत्यवादी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालयको भवन चर्किएको विवरण प्राप्त भएको छ।

    बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६.३ म्याग्निच्युडको भूकम्पका कारण बझाङमा पहिरो पनि गएको छ ।

    भूकम्पसँगै आएको सुक्खा पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। प्रहरीका अनुसार सडकमाथिबाट पहिरो जाँदा जयपृथ्वी नगरपालिका-७ को कचरी खोलामा राजमार्ग अवरुद्ध भएको छ।

    बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पराकम्पन आउने क्रम जारी रहेका कारण सडक खुलाउन नसकिएको बताए ।

    पाण्डेयले सडक खुलाउन डोजर लगायतका उपकरण तयारी अवस्थामा राखिएको बताए। उनले जिल्लामा अहिलेसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको बताउँदै सूचना संकलनको काम भइरहेको जानकारी दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया