काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धार्मिक स्थल मानसरोवरमा पुगेका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शनका लागि बिहीबार दिउँसो प्रधानमन्त्रीसहितको टोली मानसरोवरमा पुगेको थियो ।
साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार तिब्बतको राजधानी ल्हासा पुगेका थिए । उनी शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्कने कार्यतालिका रहेको छ ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया