• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास समाचार

    खाडी पुगेर अलपत्र भएका नेपालीको साथमा नेकपा, मोर्चाले बाड्‍यो रासनपानी

    13.6K
    SHARES

    दोहा । 

    नेपाल कमुनिष्ट पार्टीले वैदेशिक रोजगारीको क्रममा खाडी मुलक कतार पुगेर अलपत्र परेको नेपाली युवा युवतीको उद्दारमा जुटेको छ । विप्लव नेतृत्वको नेकपाले नेपालका मेनपावर कम्पनी र दलालहरुका कारण कतार पुगेर अलपत्र परेका युवाहरुको उद्दार गरेको छ ।

    नेपालका मेनपावर कम्पनीले रोजगारका लागि बिदेश लैजाने भनेर नेपालबाट लाखौ रकम अशुली बिदेश पुर्याएर अलपत्र पारेको खबर पाएपछि उनीहरुको उद्दारमा पहल गर्दै पार्टीको अन्तर्राष्ट्रिय विभाग मातहतको प्रवासी संगठन नेपाली जनप्रगतिशील मोर्चा कतारले उद्दार तथा राहत वितरण गरेको छ ।

    काठमाडौंस्थित महाराजगन्ज माउन्टेन इम्प्लाइमेन्ट एण्ड ट्रेडिङ म्यानपावरबाट तीन महिना अगाडि बैदेशिक रोजगारीको लागि कतारको च्याम फ्यासिलोटी म्यानेजमेन्ट सर्भिस कम्पनीमा काम गर्न आएका नेपाली कामदारहरुलाई काममा नलगाएर अलपत्र पारिएको थियो । उनीहरुले प्रतिव्यक्ति १ लाख ५० हजारसम्म तिरेर कतार पुगेका हुन् ।

    उक्त कम्पनीबाट मोर्चाले करिब दुई दर्जन कामदारको उद्दार गरेको थियो । धेरैलाई नेपाल पठाइसकेपनि कानुनी प्रक्रियाकै कारण केही मजदूर कतारमै छन् । उनीहरु मोर्चाकै संरक्षण छन् ।

    उनीहरुको बस्ने र खाने व्यवस्था पनि मोर्चाले नै गरेको छ । मोर्चाका कोषाध्यक्ष गणेश बिकका अनुसार मोर्चाले उनीहरुलाई दोस्रो पटक खाद्यन्न उपलब्ध समेत गराएको छ । खाद्यन्न वितरणमा मोर्चा केन्द्रीय सदस्य रामहरी अर्याल र सहानिया एकाई कमिटिका पदाधिकारी कमल घिमिरे देबराज नेपालीको पनि उपस्थिति थियो ।

    मोर्चाले नेपाली युवा-युवतीलाई कतारमा अलपत्र पार्ने मेनपावर कम्पनी र दलाललाई कारवाही गर्न नेकपालाई सिफारिस समेत गरेको छ । नेपालमा केही सीप नलागेर विदेश आएको तर यहाँपनि ठगिएको भन्दै आफ्नो अधिकारको लागि नेपाल गएर नेकपाको राजनीतिक अभियानमा लाग्ने पीडित युवाहरुले बताएका छन् ।

    नेपालको बेरोजगार समस्याबाट पिडित भएर बैदेशीक रोजगारमा आएपनि विदेशमा समेत बाच्ने विकल्प नभएको लोकबहादुर दर्जीले बताए । उनले मोर्चाले पहल गरेर अाफ्नो भविष्य अन्धकार हुनबाट बचाएको बताए ।

    २०७५ जेठ ३०  मा प्रकाशित

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ