• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सुदुरपश्चिम

    सुदूरपश्चिम प्रदेशमा आइतबार सार्वजनिक बिदा

    3.6K
    SHARES



    कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले भोलि (भदौ ३१ गते)प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

    थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । भोलि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख गरिएको छ ।

    तराईवासी थारु समुदायमा भोलि र पर्सी २ दिन अट्वारी पर्व मनाइँदै छ । पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन् ।

    कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेतमा थारु समुदायले अट्वारी पर्व धूमधामसँग मनाउँदै आएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ