• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अटो विजनेश

    नाडा अटो सो आजदेखि सुरु, २० अर्ब बढीको व्यापार हुने अनुमान

    2.2K
    SHARES



    काठमाडौँ । १५ औँ संस्करणको वृहत् नाडा अटो सो आज मंगलबारदेखि राजधानीमा सुरु हुँदैछ। ‘द बिगेस्ट शो अफ नेपाल’ भनिएको अटो शो को कुम्भ मेलामा दर्जन बढी नयाँ सवारी साधन प्रदर्शनको तयारी छ । आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार कोभिड–१९ पछि अर्थात झण्डै ४ वर्षपछि आयोजना भएको नाडा अटो सोमा साना ठूला गरी १२० स्टल रहेका छन् ।

    प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहनेछन् । जसमध्ये १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा बैङ्क तथा वित्तीय संस्था र ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरू सहभागी भएका छन् ।

    भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म अर्थात ६ दिनसम्म चल्ने अटो सोमा २० अर्ब रुपैयाँ बढीको व्यापार हुने र ७५ हजार अवलोकनकर्ताहरू भित्रिन सक्ने आयोजकको अनुमान रहेको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने अटो शोको अवलोकनकर्ताका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ शुल्क तोकिएको छ ।

    प्रदर्शनीमार्गको सवारी चाप, पार्किङ व्यवस्थापनका लागि पहिलो पटक नाडाले सटल बसको व्यवस्था गरेको छ । दुई पाङ्ग्रे सवारीका लागि भृकुटीमण्डपमा नै व्यवस्था गरिएको छ भने चार पाङ्ग्रे सवारीका लागि प्रदर्शनीमार्ग बाहिरको तीन वटा स्थानमा व्यवस्था गरिएको र निःशुल्क सटल बसको व्यवस्था गरिएको अटो शोका संयोजक अनुप बरालले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया