• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली

    लुम्सा गाउँमा पहिरोको जोखिम, ३४ घर परिवारलाई सरकारद्वारा स्थानान्तरण

    3.4K
    SHARES



    जुम्ला । बाढी र पहिरोका कारण विस्थापित भएका मुगुको छायाँनाथ रारा नगरपालिका-१२ लुम्सा गाउँका परिवारलाई सरकारले स्थानान्तरण गरेकाे छ ।

    सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले मुगूम कार्माराेङ गाउँपालिका-९ चिमाथमा ३४ वटा घर निर्माण गरेर लुम्साका विस्थापित परिवारलाई स्थानान्तरण गरेकाे हाे ।

    भवन निर्माण आयोजना जुम्लाका सब-इन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार दलित आवास कार्यक्रमअन्तर्गत प्रतिघर पाँच लाख रुपैयाँका दरले घरहरू निर्माण भएका छन् ।

    विसं २०३६ साल, २०६३ साल गरी विभिन्न क्षत्रमा आएको पहिरोबाट यो गाउँ जोखिममा परेको थियो । स्थानीय पूर्णचन्द्र विश्वकर्माका अनुसार २०६३ सालमा दुई वटा घर भत्किनुका साथै बस्ती नै जोखिममा परेकाे थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया