• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली

    जुम्लामा बिजुली आपूर्ति बन्द

    769
    SHARES



    जुम्ला । जुम्लाको डिल्लीचौर जलविद्युत् आयोजनामा पहिरोले नहर भत्काएपछि बिजुलीको आपूर्ति बन्द भएको छ ।

    विद्युत् उत्पादनका लागि पानी बग्ने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द हुँदा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।

    बिजुली अवरुद्ध हुँदा पातारासी पालिकाका-४, ५ र ६ वडाका झण्डै आठ सय घरधुरी प्रभावित भएका छन् भने सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई पनि समस्या भएको छ । २५ मिटर नहर पहिरोले भत्काएको छ ।

    गएको असारमा पहिरोले नहर चर्किएको तर समयमै मर्मत नभएपछि शनिवारदेखि पूर्णरूपमा बिजुली सेवा अवरुद्ध भएको विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले बताए । भत्केको नहर मर्मत गर्न छ लाख रुपैयाँ बजेट आवश्यक पर्ने प्राविधिकले बताएका छन् । डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मत गर्न पालिकाबाट तीन लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

    तत्काल नहर मर्मत गरेर बिजुली आपूर्तिको पहल थालिएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ