• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली

    पीडित पक्षसँग छलफल भए पनि सहमति नहुँदा भिमाको शव ६ दिनदेखि अस्पतालमै

    655
    SHARES



    लेख । गत चैत २९ गते कर्णाली प्रदेश अस्पतालमा दैलेखको आठबीस नगरपालिका ५ पिपलकोटकी २२ वर्षीया भिमाको शव ६ दिनदेखि अस्पतालमै रहेको छ । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै परिवारले  शव बुझ्न नमान्दा भिमा गुरुङ बलामीको शव ६ दिनदेखि अस्पतालमै रहेको हो ।

    गत चैत २९ गते पाठेघर सफा गर्न कर्णाली प्रदेश अस्पताल पुगेकी भिमाको उपचारको क्रममै ज्यान गएको थियो । भिमाका श्रीमान् नमराज बलामीका अनुसार चिकित्सकको टोलीले अप्रेसनमा लापरबाही गर्दा श्रीमतीको ज्यान गएको बताएका छन् । ‘आठ महिनाको छोरी छ, उसले आमा खेज्छ म कहाँबाट ल्याउँ,’ उनले भने, ‘छोरीको पालनपोषण र शिक्षाको व्यवस्था, परिवारका एक जनालाई रोजगारी तथा उपचारमा लापरबाहही गर्नेलाई कारबाही नगरेसम्म पोस्टमार्टम गर्न दिइन्न ।’

    उनका अनुसार भिमालाई तल्लो पेट दुख्ने र रगत बग्ने समस्यापछि उपचारमा पुर्‍याउँदा कर्णाली अस्पतालमा ज्यान गएको हो । अस्पतालका निर्देशक डा. डम्बर खड्काले पीडित पक्षसँग छलफल भए पनि अहिलेसम्म सहमति हुन नसकेको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ