• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चौतर्फी आलोचनापछि बालेनले हटाए विवादित स्ट्याटस

    2.1K
    SHARES



    काठमाडौँ । चौतर्फी आलोचनापछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘सिंहदरबार जलाउने’ विवादित स्ट्याटस सामाजिक सञ्जालबाट हटाएका छन् ।

    शनिबार साँझ आफ्नो पत्नी सवार सवारीलाई ट्राफिक प्रहरीले चेकिङका क्रममा रोकेपछि आक्रोशित बनेका शाहले अब आइन्दा आफ्नो गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । तर, जिम्मेवार ओहदामा बसेको व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै शाहको आलोचना भएको थियो ।

    यता मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले आइतबार विज्ञप्ति जारी गर्दै शनिवार बेलुका सुत्केरी अवस्थामा रहेकी सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ