• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नबिल बैंक अन्तर्राष्ट्रिय ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट’ एशियन अवार्डबाट सम्मानित

    2.7K
    SHARES



    काठमाडौँ । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ ।

    कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो ।

    अगस्ट १८, २०२३ मा भएको कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका उपाध्यक्ष, पूर्वी संयुक्त क्षेत्रीय निर्देशनालयका प्रबन्ध निर्देशक सर्गेई पुटेनिखिनले नबिल बैंकका प्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई उक्त अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा बंगलादेश, कम्बोडिया, मलेसिया, भारत लगायत विभिन्न देशका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

    नबिल बैैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले भने, ‘नेपालमा ल्याइएको बिभिन्न नवीनतम डिजिटल बैंकिङ सेवाहरूका लागि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउनु हाम्रो लागि गौरवको कुरा हो ।’ यस अवार्डले बैंकलाई हौसला मिलेको बताउँदै उनले भने, ‘हामीले नेपालमा अन्तर्राष्ट्रिय डिजिटल बैंकिङ सेवाहरू ल्याएका छौं । यो सम्मानले पक्कै पनि हामीलाई डिजिटल बैंकिङमा ग्राहकहरूको अनुभवलाई सहज बनाउन थप काम गर्न प्रोत्साहित गरेको छ ।’

    निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली ल्याएको थियो । नबिलले आफ्नो ३९ वर्षको यात्रामा बैंकिङ क्षेत्रमा नवीन तथा नयाँ प्रविधिहरू निरन्तर रुपमा भित्र्याउँदै आएको छ ।

    साथै, नबिल बैंकले ग्रीन पिन, मोबाइल बैंकिङ एपमा कार्ड फिचरहरू (डेबिट, क्रेडिट, प्रिपेड) थप्ने र भर्चुअल कार्डको कार्यान्वयन र नेपालमा पहिलो पटक सिधै कार्डमा लोड गर्ने मोबाइल बैंकिङ सेवा जस्ता नवीनतम प्रविधि ल्याई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

    नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ