• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ६० किलो सुन प्रकरणमा जोडिएकाहरुको सम्पत्तिमाथि अनुसन्धान सुरू

    1.7K
    SHARES



    काठमाडौं । त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७ सय १६ ग्राम  सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरुको सम्पत्तिमाथिको अनुसन्धान थालेको हो ।

    ‘सुन प्रकरणमा मुछिएका केही कर्मचारीहरुको भूमिका र कामकारवाहीमाथि अनुसन्धान सुरू भएको छ’ अख्तियार स्रोतले भन्यो, ‘उनीहरुमध्ये केहीको सम्पत्ति छानबिनसमेत थालिएको छ ।’

    अख्तियारले सुन तस्करीका समयमा कार्यक्षेत्र र जिम्मेवारीमा रहेका कर्मचारीहरुको भूमिकामाथि अनुसन्धान थालेको छ । त्यसक्रममा विस्तृत विवरण मागेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचार समेत गरेको छ ।

    सुन प्रकरणमा जोडिएको भेटिएपछि अख्तियारले अर्थ मन्त्रालयका तत्कालिन महानिर्देशक झलकराम अधिकारीको कुराकानी, सम्पर्क भएको व्यक्तिहरुलगायतका विवरण मगाएको छ । त्यसैगरी उनको सम्पत्ति छानबिन समेत थालेको छ ।

    अख्तियार स्रोतले भन्यो, ‘उहाँलगायत सुन प्रकरण्मा भन्सार कार्यालयको जिम्मेवारीमा रहेका, यसअघि पनि उजुरी परेका केही कर्मचारीमाथि अनुसन्धान अघि बढेको छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ