• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सुदुरपश्चिम

    दुई सय मिटर सडक भाँसिएपछि अवरुद्ध भएको राजमार्ग अझै खुलेन, सुदूरपश्चिमका ७ जिल्लाको आवतजावत ठप्प

    2.6K
    SHARES



    काठमाडौँ। कैलालीमा अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुल्न सकेको छैन ।

    गोदावरी नगरपालिका-४ को बुढितोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर सडक भाँसिएपछि अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो ।

    अहिले डिभिजन सडक कार्यालयले पहिरो पन्छाइरहेको छ । पहिरो आउने क्रम भने अझै रोकिएको छैन । मंगलबार राति सोही ठाउँमा फेरि पहिरो गएको छ ।

    सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले चारवटा डोजरको प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छ्याउने काम भइरहेको बताएका छन् ।

    सुवेदीले सडक भाँसिएकै क्षेत्रमा मंगलबार राति पनि पहिरो गएको बताउँदै बुधबार बिहानैदेखि पुन: पन्छयाउन थालिएको जानकारी दिए ।

    बुधबार साँझसम्म एकतर्फी भएपनि सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए । तर वर्षा र पहिरो खस्ने क्रम नरोकिएमा भने केही समस्या हुने बताइएको छ ।

    सोमबार राति गएको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका ७ पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ ।

    यसैबीच मंगलबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरो गएको राजमार्गको स्थलगत निरीक्षण गरेका छन् । शाहले निरीक्षण गर्दै पहिरो पन्छ्याएर राजमार्ग चाँडोभन्दा चाँडो खुलाउन निर्देशन दिएका छन् ।

    त्यसअघि मंगलबार नै कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलसहितका जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुखहरूले पनि राजमार्गको निरीक्षण गरेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया