• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कोशी

    कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

    2.6K
    SHARES



    काठमाण्डाै । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

    बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थापालाई आज मङ्गलवार प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् ।

    थापाले आफूलाई कांग्रेसका २९ जना, माओवादी केन्द्रका १३ जना, एकीकृत समाजवादीका ४ जना र जनता समाजवादी पार्टीका १ जना गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै दाबी पेस गरेका थिए ।

    थापाले प्रदेश प्रमुखको कार्यालयमा पेस गरेको दाबीमा उनि सहित माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाे, एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई र जनता समाजवादी पाटी संसदीय दलका नेता निर्मला लिम्बुले हस्ताक्षर गरेका छन् । प्रदेश प्रमुख खापुङले आज बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको थियो ।

    ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक छ । गठबन्धन दलसँग सभामुखबाहेक ४६ जनामात्रै सांसद भएपछि आजै सभामुख बाबुराम गौतमले जनाएका छन् ।

    मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । गएको असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले बदर गर्दै नयाँ सरकार गठनका लागि आदेश दिएपछि नयाँ सरकार गठनको तयारी गरिएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया