• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सुदुरपश्चिम

    एमालेको बहिस्कारका बीच सुदूरपश्चिमको बजेट पारित

    2.2K
    SHARES



    धनगढी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच पनि सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।

    शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटसँग सम्बन्धित विधेयकहरु बहुमतले पारित गरेको हो ।

    प्रदेशसभा बैठकले आर्थिक वर्य २०८०/८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन २०८० बहुमतले पारित गरेको हो । सत्तारुढ दलहरुले यथास्थितिमा बजेट पारित गर्न नमानेकाले ती विधेयकहरु संशोधनपछि पारित गरिएका हुन् ।

    नेकपा एमालेले भने तोकिएको समयमा बैठक सुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने विषय प्रवेश गराएको भन्दै बहिस्कार गरेको थियो ।

    ‘कार्यव्यवस्था परामर्श समितिमा ३ बजे बैठक बस्ने सहमति भएको थियो, हामीले डेढ घण्टा भन्दा बढी कुर्‍यौं, तर सरकारले सदन चलाएन, अहिले कार्यसूचीमै नभएको बजेट पारित गर्ने विषय जबर्जस्ती लाद्न खोजिएको छ’ उनले भने, ‘त्यसैले हामी आजको बैठक बहिस्कार गर्छौं ।’

    राप्रपा सांसद खेमादेवी विष्टले पहिले बहिस्कार गर्ने घोषणा गरे पनि पछि सहभागी भएकी थिइन् । राति अबेर बसेको बैठकमा सहभागी हुँदै माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले सरकारले बजेट संशोधन गर्ने प्रतिवद्धता जनाएपछि पारित गर्न सहमत भएको बताएका छन्  ।

    शनिबार दिउँसो सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट प्रति निर्वाचन क्षेत्र ३ करोडबाट ५ करोड रुपैयाँ पुर्‍याउने, प्रदेशसभा सदस्यको बजेटमा रकम विनियोजन गर्नेलगायतका सहमति भएको थियो । सो सहमतिपछि मात्र सत्तारुढ दलहरु बजेट पारित गर्न तयार भएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया