• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

सुदुरपश्चिम

हजुरबुबाकाे कुटाइबाट २ वर्षीय रेशमको ज्यान गयाे, ८ वर्षीय नाति घाइते

3.7K
SHARES



बैतडी । आफ्नै आजुरनुबुबाको कुटाइबाट बैतडीमा एक बालकको ज्यान गएकाे छ ।

पुर्चौंडी नगरपालिका-६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट २ वर्षीय नाति रेशम साउदको ज्यान गएकाे हाे । हजुरबुबाकै कुटाइबाट अर्का ८ वर्षीय नाति रिजन साउद गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज बिहान ज्यान गएकाे हाे ।

यस्तै, रिजनकाे कैलालीको धनगढीमा रहेकाे नवजीवन अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेकाे छ । बिहीवार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला हजुरबुबा गणेशले दुवैजनालाई कुटपिट गरेका प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ ।  उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताएका छन् । रिजन र रेशमका बुबा कामको सिलसिलामा धनगढीमा छन् । कुटपिटको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ