• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सामान्य बढ्यो सुनचाँदीको मूल्य

    2K
    SHARES



    काठमाडौँ । नेपाली स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो मंगलबारको तुलनामा सामान्य मूल्य बढेको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेसँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ पुगेको छ ।

    यस्तै, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयरको बिक्री खुलाएको छ। बैंकले संस्थापक लगानीकर्ता मध्येकी तारा विष्टको नाममा रहेको ११ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

    बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार उक्त सेयर बिक्रीको पहिलो प्राथमिकता दिँदै संस्थापक सेयरधनीहरुका लागि गत जेठ १७ गतेबाट ३५ दिने सूचना जारी गरेको थियो ।

    संस्थापक सेयरधनीहरुबाट पर्याप्त आवेदन नपरेपछि बैंकले सेयर खरिदका लागि सर्वसाधारणलाई आवेदन खुला गरेको हो । सेयर खरिद गर्न इच्छुक कुनै पनि व्यक्ति तथा संस्थाले ३५ दिनभित्र आवेदन दिन सक्ने भनिएको छ ।

    आवेदन बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा बुझाउन सकिने जारी सूचनामा उल्लेख छ। उक्त संस्थापक सेयरको मूल्य बैंकले प्रति कित्ता १३५ रुपैयाँ तोकेको छ। खरिदमा इच्छुक आवेदकले उक्त मूल्यमा नघटाइ आफ्नो प्रस्ताव पेस गर्नुपर्ने छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ