• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सुदुरपश्चिम

    बर्दियाको हिरासतबाट भागेका २ जना पक्राउ

    2.3K
    SHARES



    काठमाडौं । बर्दियामा इलाका प्रहरी कार्यालय ढोडरीको हिरासतबाट फरार २ जना शनिबार पक्राउ परेका छन् ।

    शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका-५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली शनिबार विहान पौने १ बजे पक्राउ परेका हुन् ।

    उनीहरु ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ परेका थिए । उनीहरुलाई मधुवन नगरपालिका-५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ परेका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी गराएका हुन् ।

    यस्तै, डडेल्धुरामा एक युवकको मृत्यु भएको छ । डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर- ३ भट्वाडिका धन वहादुर वोहराका १८ वर्षीय छोरा राम वोहराको मृत्यु भएको हो ।

    जङ्गलमा भिरबाट लडेर घाइते भएका रामको उपचारका लागि जोगबुडा अस्पताल ल्याउदै गर्दा वाटो मै मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ