• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास

    जापानमा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

    6.7K
    SHARES

    जापान । जापानमा मंगलबार साँझ भएको सडक दुर्घटनामा दुई नेपालीसहित ३ जनाको मृत्यु भएको छ ।

    जापानको मियागी प्रिफेक्चरको कुरिहारामा हिजो साँझ बीच बाटोमा रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा ३ जनाको मृत्यु भएको छ जसमा २ जना नेपाली पुरुष रहेका छन्र भने १ जना जापानी महिला रहेकी छिन् । प्रहरीले उनीहरूको नाम भने खुलाएङ्को छैन ।

    मियागी प्रिफेक्चरको कुरिहारा सहरको तोहोकु लाइनमा पर्ने बाटोमा बस रोकिएपछि बसमा सवार सबै जना बाहिर निस्किएको र बसको बाहिर पछाडि उभिरहेका तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा उमेरका रहेका छन् । बसमा सवार अधिकांश नेपाली हुनुको कारण काम गर्ने कम्पनीको गाडी हुन सक्ने अनुमान छ ।

    दुर्घटनाबारे प्रहरीले आवयक अनुसन्धान गरिरहेको छ । दुर्घटनाका कारण साँझ बन्द भएको सडक बिहान मात्र सञ्‍चालनमा आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ