• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सेयर बजार घट्दा खुम्चियो कारोबार

    1.1K
    SHARES



    काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.१८ अंकले घटेको छ ।

    कारोबार सुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक ०.४९ प्रतिशतको गिरावटसँगै १८५७ अंकमा आएर रोकिएको छ । यसक्रममा कारोबार रकम झनै खुम्चिएको छ । परिसूचक ९ अंकले घटेको दिन आज ५१ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ ।

    यसबाहेक १५६ वटा कम्पनीको सेयर मूल्य घट्दा १२ कम्पनीको सेयर मूल्य भने स्थिर कायम छ । परिसूचक घटेको दिन आज ६२ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।

    आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ६.०९ प्रतिशतको र स्वेतगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सनको सेयर मूल्य ५.६६ प्रतिशतले बढेको छ । यस्तै,आज एनआईएमबीएल ग्रोथ फण्डको सेयर मूल्य ५.३५ प्रतिशतले खुम्चिएको छ ।

    परिसूचक घटेको दिन कारोबार भएकामध्ये २ वटा समूहमा बाहेक सबै समूहमा गिरावट आएको छ । आज उत्पादनमूलक र म्यूचुअल फण्ड समूहबाहेक सबै समूहमा गिरावट आएको हो ।

    आज सबैभन्दा धेरै सेयर कारोबार सिवम सिमेन्टको भएको छ । यो कम्पनीको ३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ