• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    लोसपाले जसपालाई सघाउने

    1.5K
    SHARES



    काठमाडौँ। प्रतिनिधिसभाको बारा निर्वाचन क्षेत्र नम्बर- २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने भएको छ । जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेवार बनाउने तयारी गरेको छ ।

    लोसपाका अध्यक्ष महन्थ ठाकुरले उक्त निर्णय लिएका हुन् । बारा- २ को उपनिर्वाचनमा लोसपाका नेता राजेन्द्र महतो आकांक्षी थिए ।

    महतोले पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेकाले आफू निर्वाचन नलड्ने कान्तिपुरलाई बताए ।

    बारा -२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । बारा- २ मा कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले पनि यादवलाई नै सघाउने निर्णय गरिसकेका छन् ।

    बारा- २ सहित चितवन- २ र तनहुँ- १ मा २०८० बैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ ।

    यस्तै, व्रतबन्धमा दलित भन्दै जातीय विभेद गरेको आरोपमा भतेर घोप्ट्याउने कास्कीका जनप्रतिनिधिसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    माछापुच्छ्रे गाउँपालिका-५ रिभानका वडा सदस्य रामजी लामिछानेसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर ज्ञानबहादुर खड्काले बताएका छन् ।

    ४ जनाविरुद्ध पोखराका नारायण परियारले जातीय विभेदको आरोपमा जाहेरी दर्ता गराएका थिए । लामिछाने फरार रहेकोमा आइतबार जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।

    लामिछाने र सिता लामिछानेलाई आइतबार नियन्त्रणमा लिएपनि चैत १२ गते नै सन्तोष परियार र सुजन लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो ।

    दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने र दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेको भन्दै प्रहरीमा जाहेरी दिएको इन्स्पेक्टर खड्काले बताए । उनीहरूलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ